१९ आश्विन २०८३, सोमबार 10:47 pm
Banner

विमान दुर्घटनाः प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गर्नुभएको छ ।

काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले लेख्नुभएको छ, “दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”