१ जेष्ठ २०८३, शुक्रबार 1778885630
Banner

स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ छुटयायो

काठमाडौं । स्थानीय तहको निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ।

नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार आयेगका प्रवक्ता शालीग्राम शर्माले अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताउनुभएको हो।

यसैगरी, मतदाताको एकभन्दा बढी नाम भएको, मृत्यु भएको वा नागरिकता त्याग गरेको लगायतका निर्वाचनसँग सम्बन्धित मतदाता नामावलीको जाँचबुझ फागुन २० देखि २६ गतेसम्म गरिने उहाँले बताउनुभयो।

स्थानीय तहमा भाग लिने राजनीतिक दलको नाम पनि २६ गतेभित्र नै प्रकाशन हुने उहाँले जानकारी दिनुभयो। अहिले चुनावमा भाग लिन आयोगमा निवेदन दिएका ८० दलको जाँचबुझ भइरहेको छ।

स्थानीय तहमा खट्ने प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावलीसमेत सम्बन्धित निकायबाट प्राप्त भइसकेको र यो जाँच बुझको क्रममा रहेको आयोगले जनाएको छ।