४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:07 am
Banner

राष्ट्रपति भण्डारी र विजुक्छेबीच भेटवार्ता

सूचना प्रेस २०७९ माघ ७ शनिबार ००:००, १८:५४ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारी र बिजुक्छेबीच शनिबार अपरान्ह भक्तपुरमा भेटवार्ता भएको हो । चाँगुनारायण मन्दिरको दर्शन गर्न पुग्नुभएका राष्ट्रपति भण्डारीले फर्किने क्रममा तौमढीस्थित बिजुक्छे निवासमा पुग्नुभएको थियो ।

राष्ट्रपतिसँगको भेटबारे बिजुक्छेले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।