काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभाको शनिवारको बैठकमा भएको मतदानमा सत्ता गठबन्धनकी इन्दिराले १६६ मत पाएर उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।
प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत प्राप्त गर्नुभयो । उहाँलाई नेकपा एस र लोसपा तथा जनमोर्चाको समर्थन थियो । सत्तारुढ दलहरुबीच राष्ट्रपति एमालेलाई र उपराष्ट्रपति पद माओवादी केन्द्रलाई दिने सहमति पनि यस अघि नै भईसकेको छ