२७ भदौ २०८३, शनिबार 1789250612
Banner

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यक्रम स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ ।

पार्टीका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले आज साँझ एक विज्ञप्ति जारी गरी रास्वपाको केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ देखि प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा सङ्गठन विस्तारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । प्रवक्ता डा ढकालले विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गरेको बताउनुभयो ।

सर्वोच्च अदालतले आज सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्धाको विषयमा फैसला गर्दै सांसद पद नरहने निर्णय गरेको थियो । रास्वपाले पार्टीका लागि चुनौतिको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमता साथ प्रस्तुत हुन अनुरोध गरेको छ ।