२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 12:47 pm
Banner

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र दलको नेतामा डीपी अर्याल चयन

सूचना प्रेस २०७९ माघ १४ शनिबार ००:००, ०६:५३ बजे १ मिनेट पढाइ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी श्रममन्त्री डोलप्रसाद अर्यालले पाएका छन्।

सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि शुक्रबार राति बसेको रास्वपाको आकस्मिक बैठकले अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो।

अर्याललाई संसदीय दलको नेताको पनि जिम्मेवारी दिइएको छ। अर्याल रास्वपाबाट समानुपातिक सांसद हुन्। 
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेलाई नेपाली नागरिकता प्रकणमा दोषी ठहर गर्दै सांसद, मन्त्री र रास्वपाको सभापतिबाट खारेज गरेको थियो। 

रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले पार्टीले सुझबुझका साथ कानुनी परामर्शलाई आधार मानेर विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा उचित निर्णय लिने बताएका छन्।