१४ श्रावण २०८३, बिहिबार 1785441579
Banner

पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा विस्फोट हुँदा ५९ जनाको मृत्यु

पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ। घटनामा १५० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन्। 

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। यो मस्जिद पेशावरको पुलिस लाइनमा रहेको हुनाले प्रहरीहरू आक्रमणकारीको निशानामा परेको बताइएको छ।

हालसम्म कुनै पनि समूहले यो आक्रमणको जिम्मेवारी लिएको छैन। तर यो पाकिस्तानी तालिबानसँग जोडिएको बताइएको छ। तेहरिक–ए–तालिबान पाकिस्तान नामको यो अतिवादी समूहले गत वर्ष नोभेम्बरमा युद्धविराम समाप्त गरेको थियो। त्यसयता पाकिस्तानको सीमा क्षेत्रमा हिंसा बढेको बीबीसीले जनाएको छ। एजेन्सी