५ मंसिर २०८१, बुधबार 1732101251
Banner

गृह मन्त्रालयबारे पार्टीमा छलफल गर्दै प्रधानमन्त्री दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको छ सोमबारदेखि सुरु भएको बैठकमा मंगलबार पनि प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका पदाधिकारीहरु सहभागी हुनुहुन्छ । 

बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ । 

सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लिनुभएको पुरानो नागरिकता अमान्य रहेको फेसला सुनाएपछि उहाँ पदमुत्त हुनुभएको थियो । त्यसयता गृहमन्त्रालय प्रधानमन्त्री दाहाल आफैँले सम्हालिरहनुभएको छ ।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यलय काठमाडौँबाट नेपाली नागरिकता पुनर्पाप्ति गरिसक्नुभएको छ । अब लामिछानेले नै गृहमन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ ।