४ जेष्ठ २०८३, सोमबार 1779098267
Banner

पेट्रोलको मूल्य बढेर आयो, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई नयाँ मूल्य पठाएको हो। जसअनुसार पेट्रोल र डिजेलको लागत प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा ४ रुपैयाँ ६० पैसा बढेको छ।

कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई हवाई इन्धन ७ रुपैयाँ ८० पैसा महँगो बन्ने भएको छ। तेलको भाउ बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेको छ।

भारतले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ जसको आधारमा नेपाल आयल निगमले नेपाली बजारमा इन्धनको मूल्य घटबढ गर्ने गर्छ।

निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य सूचीअनुसार १५ दिनमा निगमलाई ९ करोड १५ लाख रुपैयाँ घाटा हुनेछ। निगमले विगत चार महिना नाफा गरेको थियो। 

‘चार महिनाको बीचमा हामीले सरकारको ऋण अंश कम गर्दै गएका छौं भने र भारतको वक्यौता पनि तिर्दै गएका थियौं,’ प्रवक्ता उपाध्यायले भने, ‘घाटामा गएसँगै निगम फेरि आर्थिक अवस्था जटिलतातर्फ उन्मुख भएको छ।’