४ जेष्ठ २०८३, सोमबार 1779110465
Banner

मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं : मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल आज नेपाल भ्रमणमा आउँदैछन्। 

तीनदिने भ्रमणमा नेपाल आउन लागेका  इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो। नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा छलफल हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।