२८ भदौ २०८३, आइतबार 1789342965
Banner

नौ किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट क्यानेडियन नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ।

दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्। उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।