१४ श्रावण २०८३, बिहिबार 1785449213
Banner

सन्दीप विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनवाइ आज हुँर्दै

काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । 

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीप विरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो ।

गत मङ्गलवार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताउनुभयो। 

उच्च अदालतको आदेशपछि रिहा भएका सन्दिपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट सङ्घको निर्णय भएको पर्सिपल्ट अर्थात् आज सर्वोच्चमा पहिलो सुनवाइ हुन लागेको हो ।