५ मंसिर २०८१, बुधबार 1732129666
Banner

सुदूरपश्चिममा नाउपा तटस्थ रहने, सरकार संकटमा

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने भएपछि सरकार संकटमा परेको छ । भोलि हुने सुदूरपश्चिम प्रदेशसभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।

राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने नाउपाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ।