४ भदौ २०८३, बिहिबार 1787224968
Banner

कांग्रेसलाई प्रतिपक्षी दलको सुविधा दिने वा नदिने मुद्दाको सुनुवाइ आज

काठमाडौं – नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनवाइ हुन लागेको हो। सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन्।

न्यायाधीश मल्लको आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो। माघ २५ गते पहिलो पेशी तोकिएको छ। यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए।