२७ भदौ २०८३, शनिबार 1789250028
Banner

एमाले सचिवालय बैठक सुरू

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय ललितपुर, च्यासलमा बैठक सुरु भएको हो।

बैठकमा आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन विषयमा छलफल हुने जनाइएको छ। त्यस्तै सुदूरपश्चिम सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका विषयमा केन्द्रित छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि आजै बस्दैछ। दिउँसो ३ बजे बस्ने यो बैठकको एजेन्डाबारे पनि एमाले बैठकमा छलफल हुँदैछ।