२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 12:51 am
Banner

हिजो रोकिएको माओवादी केन्द्रीय समितिको बैठक आज बस्ने

सूचना प्रेस २०७८ फाल्गुन २३ सोमबार ००:००, ०६:०९ बजे १ मिनेट पढाइ

काठमाडौं । हिजो बस्ने भनिएको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। फागुन २० गते शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक शनिबार र आइतबार थप गृहकार्य गरेर आज बस्न लागेको हो ।

यसअघिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो । संसदबाट अनुमोदन भइसकेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाबारे छलफल गरिएको थियो ।

बैठकमा नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेललगायतका नेताहरुले एमसीसीमा फरक मत राख्नुभएको थियो ।