२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 8:19 pm
Banner

एक करोड ५० लाख नगदसहित दुईजना पक्राउ

सूचना प्रेस २०७८ फाल्गुन २२ आइतबार ००:००, २०:१४ बजे १ मिनेट पढाइ

काठमाडौं । एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिनुभयो ।

अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको पालले बताउनुभयो ।