काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिएको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा दिने निर्णय गरेको हो । यसअघिसम्म यस दिन सार्वजनिक विदा नदिए पनि पहिलो पटक सरकारले सार्वजनिक विदा दिंदा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विरोध भएको हो ।
तत्कालिन माओवादीले २०५२ फागुन १ गतेदेखि राज्यविरुद्ध मुलुकमा सशस्त्र युद्धको शुरुवात गरेको थियो । त्यही दिनको स्मरणमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।