३ भदौ २०८३, बुधबार 1787185089
Banner

संस्कृत विश्वविद्यालयलाई अध्ययनको थलो बनाउनुपर्छ: मन्त्री शर्मा

तुलसीपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलाई विद्यार्थीले अध्ययन गर्ने थलो बनाउनुपर्ने बताउनुभएको छ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठको उदघाटन कार्यक्रममा आज मन्त्री शर्माले सो कुरा बताउनुभएको हो । पछिल्लो समय पूर्वीय दर्शनमा पश्चिमा राष्ट्रका नागरिकले समेत पठनपाठनमा विशेष ध्यान दिएकाले अन्तर्राष्ट्रिय रुपमा विकास गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो।

मन्त्री शर्माले संस्कृत विश्वविद्यालयले प्राविधिक ज्ञान अभ्यास झल्किने गरेर ऋषिमुनिका आचरण, व्यवहार प्रस्तुत गर्नेखालका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो।

विश्वविद्यालय सभा सदस्य समेत रहनुभएकी मन्त्री शर्माले विश्वविद्यालयलाई थप विकसित तुल्याउन कार्यदल बनाएरै अघि बढ्नुपर्ने चर्चा गर्नुभयो । उहाँले कोरोना सङ्क्रमणकालमा आयुर्वेद शिक्षण भवनबाट अस्पतालले दिएको सेवाबाट सयौं नागरिकको जीवन सुरक्षित बनेको धारणा राख्नुभयो।

पछिल्लो समय नागरिकमा योग, संस्कृत अध्ययन अनुसन्धानका लागि चासो व्यक्त भएकाले त्यसलाई विश्वविद्यालयले पाठ्यक्रममा समेत लागू गर्नुपर्ने उहाँको सुझाव छ।