१४ श्रावण २०८३, बिहिबार 1785450974
समाचार

कुलपतिहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त ३ जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त ३ जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण गर्नेहरूमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन्।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कुलपतिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।