२३ आश्विन २०८३, शुक्रबार 4:13 pm
Banner

करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं । कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा डिल्लीराम खनाललाई पक्राउ गरेको छ।

केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । आफूलाई मानहानी गरेको भन्दै करिश्माले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।