२७ भदौ २०८३, शनिबार 1789249369
Banner

गुण एयरलाइन्सका सबै उडान बन्द गर्न निर्देशन

काठमाडौँ– गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले उडान बन्द गर्न निर्देशन दिएको हो। 

अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउण्डेड गर्न सोमबार नै पत्र पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् । गुणका उडान गत बुधबारदेखि नै बन्द छन्। यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइलट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो। 

उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ।