२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 12:37 am
Banner

सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

सूचना प्रेस २०७८ फाल्गुन २५ बुधबार ००:००, ११:३५ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख तीन हजार रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार २ हजार ५ सयले बढेर एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ४५० रुपैयाँमा निर्धारण भएको छ ।