२७ जेष्ठ २०८३, बुधबार 1781113702
खेलकुद

आईसीसी यु–१९ मा नेपालले आज युएईसँग खेल्दै

काठमाडौँ : युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले आज युएईसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार पौने११ बजेदेखि शुरु हुने छ ।  नेपाल र युएईले यस प्रतियोगितामा पछिल्ला चारै खेल जितेका छन्। आज नेपाल र युएईबीचको विजेता नै यू-१९ विश्वकपमा छनौट हुने छ।

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ। प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ ।