१३ भदौ २०८३, शनिबार 1787995889
Banner

झलनाथ खनाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।

सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएको छ।

आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिका बारेमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ।

पौडेल ८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका छन्। पौडेलविरुद्ध नेकपा एमालेले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।