२१ बैशाख २०८३, सोमबार 1777908075
समाचार

पाँचथरमा जन सांस्कृतिक संगोष्ठी

काठमाडौं । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ पाँचथरले सांस्कृतिक रूपान्तरणको आवश्यकता विषयक अन्तर्कियात्मक विचार गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य,पूर्वमन्त्री तथा बौद्धिक व्यक्तित्व श्रीप्रसाद जेबेजुले विषयको महत्व औचित्य र उपादेयता बताउनु भयो ।

जबेगुले नश्लबोधी र नश्लवादी चिन्तनको फरक छुट्याउन सकिएन भने गम्भीर समस्या उत्पन्न हुनसक्ने स्थितितर्फ संकेत गर्नुभयो । प्रमुख वक्ता प्रदेश संस्कृति विभागका प्रमुख प्रा.डा.बद्रीविशाल पोखरेलले संस्कृति,सांस्कृतिक रुपान्तरणका बहुविषय उल्लेख गर्दै जबज अनुकूलको स्वस्थ्य प्रतिस्पर्धात्मक देशभक्त प्रगतिशील संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले २०४४ सालमा गठित जन सांस्कृतिक मञ्च हाल महासंङ्घमा रुपान्तरित भएको हो र यो संस्था प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने दिशामा निरन्तर सिर्जनात्मक रुपमा लागिरहेको बताउनु भयो । कार्यक्रमकी सभाध्यक्ष महासंघ, जिल्ला अध्यक्ष तथा वरिष्ठ कवि सरस्वती दुमी राईले महासंघ केन्द्रीय उपाध्यक्ष भूमिका सुब्बाको कार्यक्रमको सफलता सम्बन्धी शुभकामना सन्देश सुनाउँदै कविता वाचन सहित उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रममा वरिष्ठ कवि तथा समीक्षक प्रेम ओझा, एमाले सचिव विस्नु प्रसाद सापकोटा,विमल, डी.एम.कन्दङ्वा, शान्ता गौतम,गायत्री रिजाल, सागर केरुङ मुन्धुम अध्येता, पहिचानवादी वरिष्ठ कवि मधु केरुङ, दुर्गा ओझा, जीवन सापकोटा, शंकर आत्मा, जलकुमार तामाङ, विष्णु माया लिम्बू, उदय अपेक्षा, कमला यागाहाङ, पीताम्बर भट्टराई, सूर्य मगर, केशव भण्डारी आदि स्रष्टा तथा लेखकले आआफ्ना सार गर्भित विचार धारणा,मन्तव्य तथा रोचक रचना प्रस्तुत गरेको थिए ।