काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवास नेम्वाङ्गले प्रतिष्पर्धा गर्दै छन् । मतदान विहान १० वजेदेखि दिउसो ३ वजेसम्म हुनेछ । नतिजा आजसाँझ ७ बजेभित्र सार्वजनिक गर्ने आयोगले जनाएको छ । नतिजा सार्वजनिक भएपछि मुलुकले तेस्रो राष्ट्रपति पाउनेछ ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् । राष्ट्रपति पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्दै पौडेललाई साझा उम्मेदवार बनाएका छन् । एमालेले भने एक्लै नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
राष्ट्रपतिका दुवै उमेदवार पूर्वसभामुख हुन् ।