१८ जेष्ठ २०८३, सोमबार 1780301352
Banner

रामचन्द्र पौडेललाई मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ। आज बसेको रास्वपाको संसदीय दलको बैठकले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका पौडेललाई मत दिने निर्णय गरेको हो।

नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरिसकेका छन्। मतदानका लागि संघ र प्रदेशका सांसदहरू छुट्टाछुट्टै लाइनमा लामबद्ध भएका छन्।

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्।