२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:27 am
Banner

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहण गर्ने

सूचना प्रेस २०७९ फाल्गुन २६ शुक्रबार ००:००, ०६:१४ बजे १ मिनेट पढाइ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पदभार ग्रहण गर्नुहुने भएको छ । आईतबार राष्टपति विद्यादेवी भण्डारीको समय सकिएपछि उहाँ सोमबार शितल निवास प्रवेश गर्ने स्रोतले बताएको छ । नवनिर्वाचित राष्ट्रपति पौडेलले शनिबार सपथ ग्रहण गर्ने बताईएको छ ।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभयो । उहाँले नेकपा (एमाले) का नेता सुवास नेम्वाङलाई पराजित गरेर राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।