३ आश्विन २०८१, बिहिबार 1726731062
Banner

 परमादेशी सरकारले जनताको काम गर्न सकेन :  अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिनु भएको छ ।

आज नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताउनु भएको हो ।

अध्यक्ष ओलीले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताउनु भयो । उहाँले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने बताउनु भयो ।

उहाँले निजामती कर्मचारीहरुले पूर्णरुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न् आग्रह गर्नुभयो । अध्यक्ष ओलीले सरकार ठिक बनाउन राजनीतक पार्टीहरु भएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेसले म प्रधानमन्त्री हुँदा एउटा कर्मचारी भेला ग¥यो । सरकारलाई असहयोग गर भनेर नेपाली काँग्रेसका नेताहरुले सरकारलाई असहयोग गर्न आह्वान गरे कर्मचारीका बीचमा त्यो भन्दा अलोकतान्त्रिक सोच के हुन्छ। कर्मचारीलाई हसयोग गर सरकारलाई भनेपछि सरकार कसरी चल्छ ? लोकतन्त्र बिरोधी सोच हो । तानाशाहीको अर्को रुप हो त्यो । त्यो रकेर्ड नेपाली काँग्रेसका नेताहरुबाट आएको अहिलेसम्म पनि छ । म आश्चर्यचकित पनि भएँ, दुखित पनि भएँ । लोकतन्त्रलाई सही ढंगले कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने ठाउँमा जिम्मेवार र लोकतान्त्रिक इतिहासमा भाग लिएको जिम्मेवार पार्टीका नेताहरुको सोच, चिन्तन, व्यवहार कस्तो छ ? भने आफू होइन, अर्को पार्टी सरकारमा भएको हुनाले कर्मचारीहरुले असहयोग गर ? कर्मचारीले सरकारलाई सहयोग नगर्न मिल्छ ? कर्मचारीको हिसावले तपाईले सरकारको काम गर्नैपर्छ । सरकारलाई सहयोग गर्नुहोस् । सरकारलाई गलत गर्नबाट जोगाउनुस् । सरकारको तर्फबाट जनतालाई दिने डेलिभरी ठिक समयमा दिनुहोस् । सरकारमा अहिले को छ भन्ने कुरा होइन, तपाईहरु सरकारी कर्मचारी हो, कर्मचारीले सरकारलाई असहयोग गर्छु भन्न मिल्दैन । नेपाली काँग्रेसका नेताहरुले सुनुन्, आज म अपोजिशन लिडरको हैसियतले भन्दैछु, तपाईहरुले सरकारलाई असहयोग गर्न मिल्दैन । तपाईहरुको तर्फबाट सरकारलाई असहयोग गर्ने होइन, साथ दिने सहयोग गर्ने हो । यो गभर्मेण्टलाई ठिक छ कि छैन तपाईहरुले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि । यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ ।

बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नैपर्छ ।’

अध्यक्ष ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरु परमादेशबाट झुक्किएर पावरमा पुगेको बताउनुभयो । उहाँले उन्मादले उन्मत्त भएर रेस्लिङमा पस्न लागेझैँ गरेर अहिलेका मन्त्रीहरु पावरको आडमा अहंकारी बनिरहेको बताउनु भयो । अध्यक्ष ओलीले उन्मत्त चिम्पान्जीहरु कुस्ती खेल्न छाती पिटेझैँ अहिलेका मन्त्रीहरु कुस्ती खेल्न जोडी खोजेझैँ गरिरहेको बताउनु भयो ।

उहाँले केही मन्त्रीहरुको काम लोकतन्त्रको हित हुने किसिमको नरहेको भन्दै आगामी निर्वाचनबाट सबै ऐंजेरु उखेलिने बताउनु भयो । अध्यक्ष ओलीले अहिले चुनाव जान डराएकाहरु अद्यावधिक चुनावमा जाऔँ र नयाँ जनादेशबाट सरकार बनाउँ भन्दा प्रतिगमन भनेर रोइरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कहिले कहिले खासै स्ट्रेन्थ नभएका, केही पनि नभएका मानिसहरु पनि झुक्कल पुक्कल, अनेक जाल, तिक्डम, आदि इत्यादी परमादेश, जारी भएका बखत यस्ता हुलमालमा त्यस्ता मान्छेहरु पनि पावरमा पुग्न सक्छन् ।