१० श्रावण २०८३, आइतबार 1785055042
Banner

वीरगञ्जका मेयर विजय सरावगी एमालेमा प्रवेश

काठमाडौं – वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

जनता समाजवादी पार्टी जसपाका केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी आज एमालेमा प्रवेश गर्नु भएको हो । एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गर्नुभयो ।

उहाँले मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेको जानकारी दिनुभयो ।

सरावगी तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको प्रमुखमा विजयी हुनु भएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीलाई १९६ मतले पराजित गरेका थिए।

सरावगीले १९ हजार ३९३ मत प्राप्त गर्दा कांग्रेसका द्विवेदीलाई १९ हजार १९७ मत ल्याएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाबाट महानगर प्रमुखमा उठेका सिंह १२ हजार १६५ मतका साथ तेस्रो भएका थिए।