३ भदौ २०८३, बुधबार 1787189112
Banner

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सका उडान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको छ।

आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। सम्भवत एक-दुई दिनभित्र जहाजका इन्जिन सुरक्षा जाँच सकिनेछ, सुरक्षित पाइएमा त्यसपछि श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछन्।

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको दुईमध्ये एक इन्जिनमा आगो लागेको संकेत मिलेपछि जहाजलाई पुनः त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले जहाजको इन्जिनका सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिइएको सेतोपाटीलाई जानकारी दिए। श्री एयरलाइन्सका साना–ठूला गरी ८ वटा जहाज छन्।