९ मंसिर २०८१, आइतबार 1732433145
Banner

उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दर्ता

काठमाडौ – नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । संविधान, ऐन र प्रचलित मान्यताविपरीत रहेको भन्दै एमाले सांसद महेश कुमार बर्तौलाले यादवको उम्मेदवारी खारेज हुनुपर्ने आधार र कारणसहित उजुरी दिनुभएको छ । उहाँले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना फरक लिङ्ग र समुदायको हुनुपर्ने र यसअघि सोही अभ्यास भएको समेत दाबी गर्नुभएको छ ।

‘राष्ट्रपति–उपराष्ट्रपति पदको निर्वाचनमा उपराष्ट्रपति हुनका लागि दर्ता नं २ मा दर्ता भएका उम्मेदवार श्री राम सहाय प्रसाद यादव निम्न लिखित कारणले सो पदमा उम्मेदवार हुन अयोग्य हुनु भएकाले मनोनय प्रत्र खारेज गरी पाउँन यो उजुरी गरेको छु,’ उजुरीमा उल्लेख छ, ‘नेपालको संविधानको धारा ७० ले राष्ट्रपति फरक–फरक लिङ्ग वा समूदायको हुनुपर्ने व्यवस्था गरेको छ । मिति २०७९ फागुन २४ गते सम्पन्नभएको राष्ट्रपतिको निर्वाचनमा श्री रामचन्द्र पौडेल खसआर्य समुदायको पुरुष राष्ट्रपति पदमा निर्वाचित भैसक्नु भएको छ ।’

उजुरीको अर्को कारणमा भनिएको छ– राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६ (५) ले यस दफा बमोजिम उपराष्ट्रपतिको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ । सोही उपदफाको स्पष्टीकरणमा समुदायको परिभाषा गरी समुदाय भन्नाले दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी थारु वा मुस्लिम समुदाय सम्झनुपर्छ भन्ने उल्लेख छ । यस आधारमा समेत राष्ट्रपति पदमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुषबाहेक मात्र उम्मेदवार हुनसक्छ । यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन ।’