८ मंसिर २०८१, शनिबार 1732419733
राजनीति

उपराष्ट्रपति महिला हुनुपर्ने कानुन व्यवसायीको माग

काठमाडौं । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

आइतबार संसद भवनस्थित राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेलको ध्यानाकर्षण गराएका हुन् ।

संविधानको धारा ७० लगायत राष्ट्रपति -उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपति-उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको महिला कानुन व्यवसायीहरूले बताएका छन् ।