१२ मंसिर २०८१, बुधबार 1732740156
Banner

यादवको उम्मेदवारी कायमले दोधारमा तीन दलीय गठबन्धन

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवको उम्मेदावरी निर्वाचन आयोगले कायम राखिदिएपछि उपेन्द्र यादवविरुद्ध भनेको तीन दलीय गठबन्धनमा अन्योल छाएको छ । महिलालाई उपराष्ट्रपति बनाउने पर्ने माग सहित जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बनेको थियो ।

उक्त गठबन्धनले रामसहाय यादवको उम्मेदवारी खारेज भएर प्रमिला यादलाई भोट हाल्ने नत्र आफ्नो उम्मेदवारलाईै भोट हाल्ने निर्णय गर्दै तीन दलीय लिखित सहमति गरेका थिए । तर, रामसहाय यादवलाई नै आयोगले उम्मेदवार बनाएपछि उनीहरू अन्यौलनमा परेका छन् ।
लोसपाका कार्यकारी सदस्य केसव झाका अनुसार आज गठबन्धनमा छलफलपछि के गर्ने भन्ने टुङ्गो लाग्ने छ ।

झाका अनुसार अहिलेसम्म तीन दलको तर्फबाट उम्मेदवार भएकी जनमत पार्टीकी ममता झालाई भोट हाल्ने तयारी छ । ममता झाको उम्मदवारीलाई मधेशमा उपेन्द्र यादव विरुद्धको मार्चाको रूपमा हेरिएको छ ।