२१ बैशाख २०८३, सोमबार 1777921835
Banner

माओवादी धारले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको छलफल स्थगित

काठमाडौँ । माओवादी धारका नेताहरूले आज नागरिक अगुवा र बुद्धिजीवीहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको छ ।

विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजीवी र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेको कार्यक्रम केही दिनपछि गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिम्सिनाले बताउनुभयो।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।

सोही अनुसार आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्न लागेका थिए ।