काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।
उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ । रास्वपाले नयाँ पार्टी र महिला भएकाले ममतालाई रोजेको एक सांसदले बताए । केही नेताहरूले मतदानमा सहभागी हुन नहुने मत राखेका थिए । तर, यसबाट अहिलेको पद्दति नै स्वीकार नगरेको सन्देश जाने भएकाले भोट हाल्ने निर्णय भएको एक सांसदले बताए ।