१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 3:46 pm
Banner

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

सूचना प्रेस २०७९ चैत्र ४ शनिबार ००:००, ०६:०६ बजे १ मिनेट पढाइ

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।