१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 4:00 pm
पालिका

नेकपा एमालेका कार्यकर्ता समाजका रोलमोडल हुनुपर्नेमा नेताहरुको जोड

सूचना प्रेस २०७९ चैत्र ४ शनिबार ००:००, २२:०५ बजे १ मिनेट पढाइ

भक्तपुर – नेकपा एमालेका कार्यकर्ता समाजका रोलमोडल हुनुपर्नेमा नेताहरुले जोड दिनुभएको छ ।

आज सुर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटको मिसन ग्रासरुट अभियानको बैठकलाई सम्बोधन गर्दै एमाले बागमती प्रदेश कमिटीका सदस्य तारानिधी पन्तले असल कम्युनिष्ट पार्टी बनाउन आफ्नो कार्यशैलीलाई अनुकरणीय बनाउनुका साथै मिसन ग्रासरुट अभियानलाई हल्का रुपमा नलिन कार्यकर्तालाई निर्देशन दिनुभएको हो।

उहाँले हरेक पार्टी सदस्य पार्टीको अभियानमा जोडिनु पर्ने र पार्टीको असल सदस्य निमार्णमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अभियन्ता दिनेश न्यौपानेले ग्रासरुट अभियानमा सबै पार्टी सदस्यको घरसम्म पुग्नुपर्ने बताउनुभयो । उहाँले आधारभूत तहमा पार्टी बलियो बनाउन स्थानीय तहमा भएका समस्याको पहिचान गरि तत्काल समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा जिल्ला कमिटी सदस्य सरिता तिम्सिना भटटराईले सुर्यविनायक नगरपालिका भित्र कहाँ के को आवश्यकता छ त्यसको जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले वडामा आएका समस्याको समाधान गर्न आफु जुनसुकै समयपनि तयार रहेको बताउनुभयो ।

सीता पौडेल पाण्डेको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला कमिटिका सदस्य जुना बस्नेत, हिरामाया शेर्पा, मोहनकृष्ण श्रेष्ठ जिल्ला सल्लाहकार सदस्य नारायण बस्नेत, नगर कमिटीका ईन्चार्ज विवेक श्रेष्ठ, सह–ईन्चार्ज राजन खत्री, नगर किमिटीका सदस्यहरु, टोल कमिटी सदस्य, लगायतको सहभागिता रहेको थियो ।