८ मंसिर २०८१, शनिबार 1732414413
Banner

हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले केही दिन सतर्क रहन मौसमविद्को अपिल

काठमाडौं- हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन मौसमविद्हरुले अपिल गरेका छन् । सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ ।

जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो । उहाँका अनुसार अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन् ।

यस वर्षको पूर्वमनसुन सुरु भएसँगै दुई दिनयता धनकुटा, सङ्खुवासभा, पाँचथर, बागलुङ र प्युठानमा चट्याङ लागेर दस जना घाइते भएका छन् । आगामी जेठसम्म नै चट्याङको जोखिम उच्च हुने भएकाले पनि सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।