१२ भदौ २०८३, शुक्रबार 1787953304
Banner

पुल्चोक क्याम्पसमा अनेरास्ववियुका विराज अर्याल विजयी

ललितपुर – ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्वियुका विराज अर्याल स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएका छन्।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत त्यहाँ विद्युतीय मतदान भएको थियो। अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष संगम अर्यालले पनि पुल्चोकमा अनेरास्ववियु विजयी भएका छन् ।

अर्यालले अखिल क्रान्तिकारीका अजयकुमार मण्डललाई ३० मतले हराएका हुन्। त्यसैगरी यहाँ नेविसंघबाट विद्रोह गरेका शंकर पन्थी र स्वतन्त्रबाट युरिका वन तथा नविन खनाल सभापतिका लागि प्रतिस्पर्धामा थिए।