११ आश्विन २०८३, आइतबार 2:16 pm
खेलकुद

फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको कप्तान बने एम्बाप्पे

काठमाडौं। फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा एम्बाप्पे नियुक्ति भएका छन्। टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पे नयाँ जिम्मेवारी लिन तयार भएका हुन्।

पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ।

फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनोट खेलको लागी नेदरल्याण्डसँग हुनेछ।