२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 7:46 pm
Banner

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना पक्राउ

सूचना प्रेस २०७९ चैत्र ७ मंगलबार ००:००, १६:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना पक्राउ परेका छन् । बानेश्वरमा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी भएको हो ।

जातीय भेदभाव उन्मुलन दिवसका लागि आयोजित कार्यक्रममा जान लाग्दा युवाहरुको समूहले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

युवाहरुले मूल्यवृद्धि खारेज गर्, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैनजस्ता नारा लगाएका थिए ।