१२ भदौ २०८३, शुक्रबार 1787945803
Banner

उपनिर्वाचनमा जसपाले खोज्यो गठबन्धनको साथ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले बारा क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्ने बताएको छ।

जसपाले उम्मेदवार तय गर्ने गरी सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गरिनुपर्ने पक्षमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बुधबारको बैठकमा छलफल भएको हो।

सत्ता गठबन्धनको बुधबार नै बालुवाटारमा बसेको बैठकमा पनि अध्यक्ष उपेन्द्र यादवले यस विषयमा कुराकानी राखेका थिए। तर यस विषयमा गठबन्धनले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।

गत मंसिर ४ मा भएको चुनावमा बारा २ मा तत्कालीन जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। चैत ३ मा उनी उपराष्ट्रपति बनेपछि रिक्त यो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुँदैछ।

जसपाले अध्यक्ष उपेन्द्र यादवलाई यो क्षेत्रमा उम्मेदवार बनाउन खोजेको छ। त्यसका लागि सत्ता गठबन्धनका दलहरूको सहमति लिन जसपाले गृहकार्य गरिरहेको छ।