९ मंसिर २०८१, आइतबार 1732451400
समाचार

कर्णालीका ३ प्रतिशत नागरिक मात्र शुद्ध पानीको पहुँचमा

काठमाडौं। कर्णाली प्रदेशका ३ प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ। ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गको जलस्रोत महाशाखाका सिनियर डिजिजनल इन्जिनियर गोपाल शर्माका अनुसार यहाँका धेरै नागरिक खुला पोखरी, खोला, खोल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् ।

विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार ८ सय ८९ रहेको छ ।

सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका छन्। सिनियर डिजिजनल इन्जिनियर शर्माका अनुसार कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा छन्। प्रदेशमा अझै ६ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँचमा छैन।