७ असार २०८३, आइतबार 1782071007
समाचार

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं। वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ। उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो।

काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचक हुन्। उनी निमोनियाबाट पीडित थिइन्।

२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन्। रेडियो नेपालमै उनले नासो तथा वन र वातावरण सम्बन्धी कार्यक्रम सन्चालन गरेकी थिइन्। यही कार्यक्रमबाट उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन्।

उनलाई २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले वरिष्ठ पत्रकार सम्मानसमेत प्रदान गरेको थियो।