काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)मा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।
आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए ।
तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।