२० असार २०८३, शनिबार 1783147504
समाचार

काठमाडौंमा दिउँसै चोरी गर्ने २ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा दिउँसोको समयमा चोरी गर्दै हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत फागुनमा धापासी हाइट स्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका विभिन्न गरगहना तथा नगद गरी झन्डै ८ लाख मूल्य बराबरको धनमाल चोरी भएको भनी निवेदन प्राप्त भएपछि टोखा प्रहरीले गरेको अनुसन्धानको क्रममा चोरीको आरोपमा २ जना पक्राउ परेका हुन् ।

चोरीमा मण्डिखाटार स्थित गेस्ट हाउसमा बस्ने अर्जुन परियार र रोशन गौतमको संलग्नता रहेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले चोरीको समान गोगबु नयाँ बसपार्क स्थित पञ्चकन्या ज्वेलर्समा बिक्री गरेको बयान दिएकोले उक्त पसलका सञ्चालक तुल बहादुर विश्वकर्मालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ।