९ मंसिर २०८१, आइतबार 1732441828
Banner

जनयुद्ध दिवस खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

जनयुद्ध दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट पेस परेको हो ।

अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिट दर्ता गर्ने वा नगर्ने निर्णय भने भइसकेको छैन । रिट अध्ययन गरी दर्ता गर्ने वा नगर्ने निर्णय भोलि मात्र हुने उनले बताए ।