वीरगन्ज । बारा २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले राधेचन्द्र यादवलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।
सोमबार कलैयामा बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले बारा २ को उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारमा यादवको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
यादव संविधानसभा सदस्य हुन्। पहिलो संविधानसभा निर्वाचनमा यादव बारा २ बाटै प्रत्यक्ष तर्फको संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।